SHARE
पर्दाफास · मङगलबार २३ असार २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

करका दरमा देखिएको प्राविधिक त्रुटि सच्याइएको हो, नियतमा खोट छैन : अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट निर्माणका क्रममा करका दरहरूमा देखिएका केही सामान्य त्रुटिहरूलाई इमानदारीपूर्वक सच्याइएको स्पष्ट पारेका छन् । मंगलवार राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८३ माथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।