काँग्रेस महाधिवेशन पक्षधर नेताहरूले भने- एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ
नेपाली काँग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरूले पार्टी एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेबारेमा अब ढिलाइ गर्न नहुने सुझाव दिएका छन् । मंगलवार दोस्रो दिन पनि जारी १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकमा बोल्दै नियमित महाधिवेशन पक्षधर नेताहरूले यस्तो सुझाव दिएका हुन् ।
