SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकालाई ब्रेल सामग्री सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश, बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक ब्रेल शैक्षिक सामग्री उपलब्ध गरेको छ । उक्त सहयोग बैंकको बढैयाताल शाखा मार्फत गरिएको छ ।