राष्ट्रियसभा : राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौं । राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा वाग्लेले प्रस्ताव प्रस्तुत गरेका उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्ताव प्रस्तुत गर्दै मन्त्री डा वाग्लेले सरकारले सहुलियत ऋण मात्रै लिएको स्पष्ट पारे ।
