SHARE
कालिका खबर · मङगलबार २३ असार २०८३ १०:२३ AM · 1 मिनेट पढाइ

कालभैरब उसु साण्डा प्रो च्याम्पियनसिप भब्य रुपमा सम्पन्न

ललितपुर–कालभैरब स्पोट्र्स एकेडेमीको आयोजनामा भैँसीपाटी आवासस्थित कम्ब्याट फिटनेसमा कालभैरब उसु साण्डा प्रो च्याम्पियनसिप–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा बागमती, सुदुरपश्चिम, मधेश, कर्णाली र लुम्बिनी , गण्डकीगरी छ प्रदेशका खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार सिद्धि ब्यन्जनकारले बिरुवामा पानी हालेर उदघाटन गर्नुभएको थियो। कार्यक्रमको समापन सिङ्गापुरबाट पाल्नुभएका रिन्पोछे थुप्देन कर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल उसु महासंघका पदाधीकारी लगाएत खेलकुदका हस्तिहरुको उपस्थीति थियो। कार्यक्रमको सुरुवात कालभैरब स्पोट्र्स एकेडेमीका उपाध्यक्ष सन्जित शाहिले स्वागत मन्तव्यबाट गरेका थिए ।