SHARE
कालिका खबर · मङगलबार २३ असार २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

तीन दशक सत्ता चलाउनेले सरकारकाे सय दिनको हिसाब माग्न सुहाउँदैन : गणेश पराजुली

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले तीन दशकभन्दा बढी समय सत्ता सञ्चालन गर्नेहरूले १०० दिनको सरकारसँग परिणामको हिसाब मागिरहेको टिप्पणी गरेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेस, एमाले, नेकपालगायतका दलहरूले बालेन शाह नेतृत्वको सरकारको १०० दिन असफल भएको निष्कर्ष निकालेपछि उनले यस्तो टिप्पणी गरेका हुन्। उनले विपक्षीलाई जवाफ दिँदै फेसबुकमा लेखेका छन्, ‘प्रश्न १०० दिनको होइन, राजनीतिक संस्कारको हो।