SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०७:५७ PM · 1 मिनेट पढाइ

फत्तेबाल आँखा अस्पतालमा एक लाख बिरामीको उपचार

सिराज खान नेपालगन्ज, असार २२ गते । नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालबाट चालु आर्थिक वर्ष २०८२–८३ को ११ महिनामा करिब एक लाखजना बिरामीले आँखाको उपचार सेवा लिएका छन् ।