SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

शिक्षित महिलाले नै शिशुलाई पर्याप्त स्तनपान गराउँदैनन्ः अध्ययन प्रतिवेदन

खोटाङ । पछिल्लो समयमा नेपालमा शिक्षित महिलाले नै आफ्ना नवजात शिशुलाई पर्याप्त मात्रामा स्तनपान नगराउने गरेको तथ्याङ्कले देखाएको छ । शिक्षित महिलामा चेतनास्तर उच्च भए पनि विशेष गरी सहरी क्षेत्रका शिक्षित आमाहरूले नै आफ्ना नवजात शिशुलाई पूर्ण रूपमा स्तनपान नगराएपछि स्तनपानको दर घट्दै गएको अध्ययन प्रतिवेदनले देखाएको हो ।