लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह
धनुषा । गणेशमान चारनाथ नगरपालिका–५ का सुरेश रायले वर्षौंदेखि एउटै जग्गामा घर बनाएँ, खेतीपाती गरेँ र परिवार हुर्काएँ । तर एउटा अभाव भने सधैँ खड्किरह्यो ! जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्ने लालपुर्जा । आज त्यो अभाव अन्त्य भयो । नापी कार्यालय धनुषाबाट लालपुर्जा हातमा परेपछि उनको अनुहारमा देखिएको खुसी शब्दमा व्यक्त गर्न गाह्रो थियो ।
