SHARE
अन्नपूर्ण · सोमबार २२ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

सरका  ! ऋण लिएर घिउ नखाऊ

के नेपाल बिस्तारै अर्को गम्भीर आर्थिक संकटतर्फ धकेलिँदै छ ? पछिल्ला केही वर्षयता नेपालको सार्वजनिक ऋण तीव्र गतिमा बढेर कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब ४४ प्रतिशत अर्थात् २,७२४ अर्ब रुपैयाँ पुगिसकेको छ। भूकम्प र कोभिड–१९ जस्ता विपद्ले थपेको भार एकातिर छ भने अनुत्पादक क्षेत्रमा ऋणको दुरुपयोग अर्को ठूलो चिन्ताको विषय बनेको छ। विकासका लागि ऋण लिनु आफैंमा नराम्रो होइन, तर ‘ऋण लिएर घिउ खाने’ बढ्दो प्रवृत्तिले देशलाई भविष्यमा गम्भीर जोखिममा पार्न सक्छ।