प्रतिनिधि सभा बैठक बस्दै, के छ कार्यसूची ?
काठमाडौं : प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ। बैठकमा विभिन्न विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धीसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून,न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३' प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछिन्।
