SHARE
अन्नपूर्ण · सोमबार २२ असार २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

सहआयोजक मेक्सिकोलाई पराजित गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

काठमाडौं : फिफा विश्वकप २०२६ मा सहआयोजक मेक्सिकोलाई पराजित गर्दै इङ्ल्यान्ड क्वाटरफाइनल प्रवेश गरेको छ। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले मेक्सिकोलाई ३-२ ले पराजित गरेको हो। खेलको पहिलो हाफमा इङ्ग्ल्यान्डले मेक्सिको विरुद्ध २-१को अग्रता बनाएको थियो। दोस्रो हाफमा दुवै टोलीले पेनाल्टीमार्फत १/१ गोल थपे।खेलको पहिलो हाफमा इङ्ल्यान्डले अग्रता बनाएको थियो। खेलको ३६औं र ३८औं मिनेटमा जुड बेलिङ्घमले दुई मिनेटको अन्तरालमा दुई गोल गरेका थिए।