SHARE
अन्नपूर्ण · सोमबार २२ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

दलाई लामाको आज ९१ औं जन्मदिन, काठमाडौंमा पूजाअर्चना गरी मनाइयो (फोटोफिचर)

काठमाडौं : नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदायले आफ्ना धार्मिक नेता दलाई लामाको ९१ औं जन्मदिन सोमबार मनाएका छन्। तिब्बती समुदायले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी परम्पराअनुसार धार्मिक नेता दलाई लामाको तस्बिरमा पूजाअर्चना गरी दीर्घायुको कामना गरेका हुन्। तिब्बतबाट निर्वासित धार्मिक नेता लामा सोमबारदेखि ९१ वर्ष पुगेका छन्। उनी १४ औं दलाई लामा हुन्।