SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०२:०४ AM · 1 मिनेट पढाइ

किसानलाई पचास प्रतिशत अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि गर्ने उद्देश्यले आइतबार किसानलाई ५० प्रतिशत अनुदानमा दुई हजार ३९० फलफूलका बिरुवा वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको कृषि विकास कार्यक्रमअन्तर्गत किसानलाई आँप, लिची र सिडलेस अङ्गुरका बिरुवा वितरण गरेको हो ।