SHARE
कालिका खबर · आइबार​ २१ असार २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् । मन्त्रिपरिषद्ले यसअघि नै आईजी द्वयको भ्रमण स्वीकृत गरेको थियो। नेपाल प्रहरीमा आईजीपी नहुँदा नियमित कामकाज गर्ने गरी एआईजी राजन अधिकारीलाई निमित्तको जिम्मेवारी दिइएको छ । आईजीपी कार्कीले एआईजी अधिकारीलाई निमित्तको जिम्मेवारी तोकेको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले जानकारी दिए । मानवश्रोत विकास विभागमा कार्यरत अधिकारीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ । सशस्त्रमा एआईजी वंशीराज दाहाललाई निमित्तको जिम्मेवारी दिइएको छ ।