विभिन्न घटकलाई एकीकृत गर्दै विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन
काठमाडौं । कमन जेनजी नेपाल (Common Gen-Z Nepal)को केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । विभिन्न घटकलाई एकीकृत गर्दै कमन जेनजी नेपालको पुनर्गठन गरिएको हो । विकेश साहको अध्यक्षतामा केन्द्रीय कमिटीको घोषणा गरिएको छ । पुनर्गठित कमिटीका अध्यक्ष साहले विभिन्न घटकलाई एकीकृत गर्दै साझा जेनजीहरुको संगठनको रुपमा केन्द्रीय कमिटीको निर्माण गरेको बताए । घोषणा गरिएको केन्द्रीय कमिटीमा विभिन्न जेनजी संगठनहरु समाहित भएको छ । ‘यो कुनै राजनीतिक दलको भातृ संगठन होइन ।
