SHARE
मकालु खबर · शनिबार २० असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित

काठमाडौं । बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र प्रदेश आर्थिक विधेयक २०८३ लाई बहुमतले पारित गरेको छ । बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश विनियोजन विधेयक २०८३ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।