SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०२:१८ AM · 1 मिनेट पढाइ

तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ । तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी प्रदेश सरकारबाट रु दुई करोड बजेट विनियोजन भएको छ । व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुलका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷८४ का लागि रु दुई करोड बजेट विनियोजन गरेको हो ।