दक्षिण कोरियाद्वारा सन् २०३५ सम्ममा आफ्नै भू–उपग्रह सञ्जाल निर्माण गर्ने योजना स्वीकृत
एजेन्सी । दक्षिण कोरियाले सन् २०३५ सम्ममा पृथ्वीको तल्लो कक्ष (लो–अर्थ अर्बिट–एलइओ) मा आफ्नै भू–उपग्रह सञ्चार सञ्जाल निर्माण गर्ने र सन् २०३० सम्ममा चन्द्रमामा अवतरण गर्ने लक्ष्यसहितको नयाँ रणनीतिक योजना स्वीकृत गरेको छ । योनहाप समाचार एजेन्सीकाअनुसार राष्ट्रपति ली जे–म्युङको अध्यक्षतामा शुक्रवार बसेको राष्ट्रिय अन्तरिक्ष समितिको बैठकले उक्त महत्वाकांक्षी रणनीतिलाई अनुमोदन गरेको हो ।
