SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०१:२६ AM · 1 मिनेट पढाइ

बाजुराको बडीमालिकामा छाउपडी गोठ मुक्त घोषणा

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकाका वडा १ र ७ लाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएका छन् । नगर उपप्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरेका हुन् । छाउपडी गोठमुक्त वडा घोषणाका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्नेछ ।