SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०१:४२ AM · 1 मिनेट पढाइ

विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

काठमाडौं । यस वर्ष सुरु भएपछि (वैशाख १ देखि १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल दुई हजार ७२१ विपदजन्य घटनामा १२७ को मृत्यु भएको तथा ७७३ जना घाइते भएका छन् ।