SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०१:४६ AM · 1 मिनेट पढाइ

मण्डलाको मञ्चमा ‘इजलास जारी छ’ (तस्बिरहरु)

काठमाडौं। मण्डला थिएटर, थापागाउँमा मञ्चन सुरु भएको ‘इजलास जारी छ’ नाटकले अदालतको इजलासभन्दा बाहिर समाजले सुनाउने अदृश्य फैसला, महिलामाथि हुने सामाजिक पूर्वाग्रह र न्यायको खोजीलाई शक्तिशाली रूपमा रंगमञ्चमा उतारेको छ। असार १८ गतेदेखि नियमित मञ्चन सुरु भएको यो नाटक, प्रसिद्ध भारतीय नाटककार विजय तेन्दुलकरको मूल कृतिमा आधारित छ।