SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०२:०७ AM · 1 मिनेट पढाइ

विश्वकपबाट बाहिरिएपछि जर्मनीका हेड काेचले दिए राजीनामा

काठमाडौं । जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्समानले यसपटककि फिफा विश्वकपबाट टोली अप्रत्याशित रूपमा बाहिरिएपछि आफ्नो पदबाट राजीनामा दिएका छन्। ३८ वर्षीय नागेल्समानले अन्तिम ३२ मा पाराग्वेसँग पराजित भएर जर्मनीको विश्वकप यात्रा टुंगिएपछि पद छाड्ने निर्णय गरेका हुन् । जर्मनीले समूह ‘ई’मा कुरासाओलाई ७–१ र आइभरी कोस्टलाई २–१ ले हराउँदै समूह विजेता बनेको थियो।