SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०१:१३ AM · 1 मिनेट पढाइ

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको संघर्षपूर्ण जित, केप भर्डेलाई हराउँदै अन्तिम १६ मा

काठमाडौं । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। शनिबार बिहान हार्ड रक स्टेडियममा भएको राउन्ड अफ ३२ को प्रतिस्पर्धात्मक खेलमा नवप्रवेशी केप भर्डेलाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि रक्षाको यात्रालाई कायमै राखेको हो। खेलको सुरुवाती समयमा केप भर्डेले बलियो चुनौती दिए पनि अर्जेन्टिनाको आक्रामक पङ्क्तिसामु उनीहरूको रक्षापङ्क्ति टिक्न सकेन।