SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०३:२५ PM · 1 मिनेट पढाइ

सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्छः एमाले

काठमाडौं । नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्नेमा जोड दिएको छ । एमाले महासचिव शङ्कर पोखरेलले सरकारको १०० दिनः वाचा र यथार्थको समीक्षासहित जारी गरेको विज्ञप्तिमा मुलुकको आर्थिक सङ्कट समाधान गर्न र विधिको शासन कायम गर्न अग्रसर हुनुपर्नेमा जोड दिए ।