बैतडीबस दुर्घटनामा घाइतेको सङ्ख्या २० पुग्यो
काठमाडौं । बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको सङ्ख्या २० जना पुगेको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँसो ३ः३० बजे बैतडीको पाटन नगरपालिका-८ गैराखानमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो ।
