SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छः कृषिमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी यही असार मसान्तसम्म भइसक्ने जानकारी दिएकी छन् । उनले भनिन्, “चालु आर्थिक वर्षको असारभित्र उखु किसानको बाँकी रकम जसरी पनि भुक्तानी गरिनेछ । यस वर्ष प्रतिक्विन्टल रु ७० अनुदान उपलब्ध गराइनेछ ।