बोश होम नेपालको ब्रान्ड एम्बेसडर अस्मी श्रेष्ठ नियुक्त
काठमाडौँ । बोश होम एप्लायन्सेसले नेपालका लागि अस्मी श्रेष्ठलाई आफ्नो ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको घोषणा गरेको छ । अस्मी श्रेष्ठ नेपालकी चर्चित मोडल, उद्यमी तथा सार्वजनिक व्यक्तित्व हुन् । उनी मिस नेपाल वर्ल्ड २०१६ को विजेता तथा मिस वर्ल्ड २०१६ मा नेपालको प्रतिनिधित्व गरेकी व्यक्तित्वका रूपमा परिचित छिन् ।
