SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०१:५१ PM · 1 मिनेट पढाइ

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा मोरङका मानबहादुर कार्की सिफारिस भएका छन् । संवैधानिक परिषद्को शुक्रबार बसेको बैठकले कार्कीलाई नियुक्त गरेको हो । कार्की हाल सर्वोच्च अदालतका रजिस्ट्रार हुन् । सिफारिससँगै कार्कीले रजिस्ट्रार पदबाट राजीनामा गरेर संसदीय सुनुवाइको सामना गर्नुपर्नेछ ।