SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

संस्कृति मन्त्रालयले गर्‍यो पाँच संस्थाका पदाधिकारी नियुक्त

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका रिक्त रहेका निकाय तथा संस्थामा पदाधिकारी नियुक्त गरेको छ । मन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायले गत असार १७ र १८ गते मन्त्रीस्तरको निर्णयबाट पाँचवटा निकायमा रिक्त रहेका विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरू नियुक्त गरिएको जानकारी दिए ।