SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ १२:२६ PM · 1 मिनेट पढाइ

सरकारबाट अन्याय भएको महसुस गर्दै गुनासो गर्ने नागरिकको संख्या बढ्दै गएको छ: सचेतक परियार

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सचेतक पदमबहादुर परियारले सरकारबाट अन्याय भएको महसुस गर्दै गुनासो गर्ने नागरिकको संख्या बढिरहेको बताएका छन् । शुक्रवारको सभाको बैठकमा बोल्दै उनले नागरिकहरू सरकारप्रति दिन प्रतिदिन असन्तुष्ट बन्दै गएको बताएका हुन् । उनले माइतीघर मण्डलामा सरकारप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गर्नेहरू बढिरहेको बताए ।