कृषि र किसानका समस्या सम्बोधनमा बजेट उदासीनः नेता दंगाल
काठमाडौं । नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्र र किसानका आधारभुत समस्यालाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता दंगालले बजेटले किसानका लागि राहत, बजार पहुँच र कृषि आधुनिकीकरणका ठोस कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरेका हुन् ।
