SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ११:२१ AM · 1 मिनेट पढाइ

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २८ बर्षीया महिलाको मृत्यु

उदयपुर । मदन भण्डारीमार्गस्थित उदयपुरगढी गाउँपालिका–७ फुस्रे अधेरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । गाईघाटबाट उदयपुरगढी–३ तर्फ गइ रहेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार उदयपुरगढी गाउँपालिका–३ बस्ने वर्ष २८ की मुना विकको उपचारका क्रमा जिल्ला अस्पताल उदयपुरमा मृत्यु हो ।