SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

काठमाडौँ पूर्ण खोप सुनिश्चित महानगर घोषणा

काठमाडौँ । काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित महानगर घोषणा भएको छ । शुक्रवार काठमाडौँ महानगरपालिकाले एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चित महानगरको रूपमा घोषणा गरेको हो । १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चित भएपछि काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता महानगर घोषणा गरिएको हो ।