SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

ज्येष्ठ वर्ण महाविहारलाई संरक्षण पुरस्कार

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा कार्यान्वयन गरिएको ललितपुरस्थित ज्येष्ठ वर्ण महाविहारलाई सन् २०२५ को युनेस्को एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कारअन्तर्गत ‘अवार्ड अफ मेरिट’ हस्तान्तरण गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कारअन्तर्गत महाविहारलाई अवार्ड हस्तान्तरण हो ।