SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ १२:०४ PM · 1 मिनेट पढाइ

बजेटका महत्वाकांक्षी लक्ष्य र विनियोजनबीच तालमेल मिलेन: काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य एवं सचेतक पदमबहादुर परियारले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा विनियोजित योजना र लक्ष्यबिच तादाम्यता नमिलेको टिप्पणी गरेका छन् । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले विभिन्न मन्त्रालयको बजेट विनियोजन प्रक्रिया, साना योजनामा सङ्घको संलग्नता र सुकुम्वासी समस्या समाधानका विषयमा प्रश्न उठाएका हुन् ।