सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्छ: नेकपा सांसद अर्याल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद उर्मिला अर्यालले राष्ट्रिय चिया लिलाम बजार तत्काल स्थापना गर्न सरकारसँग माग गरेकी छन् । शुक्रवार राष्ट्रिय सभा बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त माग गरेकी हुन् ।
