SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई एआई र एमएल ह्याकाथन २०२६ शुक्रबारदेखि प्रारम्भ भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले एक विशेष समारोहका बिच उक्त डिजिटल प्रतियोगिताको विधिवत उद्घाटन गरेका हुन् ।