SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

एल निनो तीव्र बन्दै, विश्वभर चरम मौसमीय घटनाको जोखिम

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले एल निनो आगामी केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिएको छ । एन निनोका कारण विश्वका धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ्ने जनाएको छ ।