SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

विद्युत् व्यापारमा सरकारले उचित कदम चाल्न आवश्यक: दुर्गा गुरुङ

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसकी सांसद दुर्गा गुरुङले विद्युत् व्यापारमा सरकारले उचित कदम चाल्न आवश्यक रहेको बताएकी छन् । शुक्रवार राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएकी हुन् ।