SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०९:५७ AM · 1 मिनेट पढाइ

फिफा विश्वकप २०२६:  प्रि-क्वार्टरफाइनलको समीकरण पूरा हुन तीन खेल बाँकी

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलहरू अन्तिम चरणमा पुगेका छन्। प्रतियोगिताका अधिकांश खेलहरू सम्पन्न भइसकेका छन् भने अब अन्तिम १६ ( प्रि-क्वार्टरफाइनल ) को पूर्ण समीकरण तय हुन मात्र तीन खेल बाँकी रहेका छन्। यी अन्तिम तीन खेलले नकआउट चरणको बाँकी समीकरणको टुङ्गो लगाउनेछन्।