मुक्तिनाथ विकास बैंकको शिक्षा प्रोत्साहन: हजार भन्दा बढी विद्यार्थी लाभान्वित
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले शिक्षाको प्रवर्द्धन गर्न तथा बालबालिकाको शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न प्रदेशका सरकारी विद्यालयहरूका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले विद्यार्थीहरूलाई पोसाक, स्कुल झोला, स्टेशनरी सामग्री, एक शैक्षिक वर्षको अध्ययन खर्च, विभिन्न शैक्षिक सामग्री र उपकरण तथा खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।
