SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

दृष्टिविहीनहरू आज पनि आन्दोलनमा

काठमाडौँ । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनहरूले १२ औँ दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । शुक्रवार माइतीघर मण्डलामा भेला भई उनीहरूले प्रदर्शन गरेका हुन् । दृष्टिविहीनहरूको माग सम्बोधन गर्न विगत १२ दिन यता उनीहरूले माइतीघरमा प्रदर्शन गर्दै आएका छन् ।