SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०५:४५ AM · 1 मिनेट पढाइ

अमेरिकी सेनामा कार्यरत ताप्लेजुङका सुनील थापाको गोली लागेर मृत्यु

काठमाडौं । अमेरिकी सेनामा कार्यरत ताप्लेजुङका २४ वर्षीय सुनील थापाको गोली लागेर मृत्यु भएको छ । दुई दिनअघि भएको घटनामा तालिमका क्रममा साथीको बन्दुकबाट चलेको गोली उनको टाउकोमा लागेको प्रारम्भिक जानकारी परिवारले पाएको छ । तर अमेरिकी पक्षबाट यसको आधिकारिक पुष्टि भइसकेको छैन ।