SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०६:०९ AM · 1 मिनेट पढाइ

कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा सुरेश आचार्यलाई नियुक्त गरेका छन् । उपसभापति शर्माले डा आचार्यलाई पार्टीको विधानबमोजिम कार्यकारी निर्देशकमा आगामी साउन १ गतेदेखि लागू हुनेगरी आज नियुक्त गरेको कांग्रेसले जनाएको छ ।