SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०४:१८ AM · 1 मिनेट पढाइ

तामुटारमा पक्की पुल निर्माण सम्पन्न

भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटार पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई सहजता भएको छ । कोशी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको रु छ करोड ३३ लाख ५२ हजार ५२६ लागतमा यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो ।