SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०४:२९ AM · 1 मिनेट पढाइ

अल्जेरियामा नयाँ संसद चयनका लागि मतदान सम्पन्न

एजेन्सी । अल्जेरियामा सन् १९८९ पछिको आठौँ बहुदलीय संसदीय निर्वाचनका लागि बिहीवार मतदान सम्पन्न भएको छ । राष्ट्रपति अब्देलमजिद तेब्बौनेको कार्यकालमा भएको यो दोस्रो संसदीय निर्वाचन हो । नयाँ तल्लो सदन ‘नेशनल पिपुल्स एसेम्ब्ली’ का ४०७ सदस्य चयन गर्न २ करोड ४७ लाखभन्दा बढी मतदाता मतदानका लागि योग्य रहेका थिए ।