SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०४:३२ AM · 1 मिनेट पढाइ

सिरियाको राजधानीस्थित एक क्याफेमा बम विष्फोट हुँदा ९ जनाको मृत्यु, २० घाइते

एजेन्सी । सिरियाको राजधानी दमस्कसको मध्य भागमा रहेको एक क्याफेमा बिहीवार भएको शक्तिशाली विष्फोटमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । सिरियाली आन्तरिक सुरक्षा अधिकारीहरूका अनुसार उक्त घटनामा अन्य २० जना घाइते भएका छन् । स्थानीय समयअनुसार बिहीवार दिउँसो करिव ३ बजे हिज्जाज क्षेत्रको अल–नसर सडकमा रहेको एक क्याफेमा उक्त विष्फोट भएको थियो ।