SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०४:४४ AM · 1 मिनेट पढाइ

इन्धनको मूल्य घटेसँगै भियतनाममा रेल भाडा १० प्रतिशतले कटौती

एजेन्सी । आन्तरिक बजारमा इन्धनको मूल्यमा आएको गिरावटसँगै भियतनामको रेलवे सञ्चालकले उत्तर–दक्षिण रेल सेवाको भाडामा १० प्रतिशत कटौती गरेको छ । भियतनाम न्युज एजेन्सीका अनुसार बुधवारदेखि आगामी अगस्ट १६ सम्मका लागि यो छुट लागू गरिएको हो ।