SHARE
अन्नपूर्ण · बिहीबार १८ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

सानाको कीर्तिमान, ठूला राष्ट्रको अप्रत्याशित हार

काठमाडौं : अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ को समूह चरण सम्पन्न भएसँगै प्रतियोगिताले नयाँ इतिहास रचेको छ। पहिलोपटक ४८ टोली सहभागी विश्वकपमा १२ समूहका शीर्ष दुई टोलीसँगै तेस्रो स्थानका उत्कृष्ट ८ टोली अन्तिम ३२ मा पुगेका छन्।विस्तारित ढाँचाका कारण समूह चरणमै कीर्तिमान, रोमाञ्चक प्रतिस्पर्धा र अप्रत्याशित नतिजाले विश्व फुटबललाई तरंगित बनाएको छ। यस विश्वकपको समूह चरणमै केही महत्त्वपूर्ण कीर्तिमान रचिएका छन्।१२ समूह र अन्तिम ३२ टोलीको नकआउट चरण पहिलोपटक लागू गरिएको छ।